अमरगढी ८ को अध्यक्षमा कांग्रेस पराजित, कांग्रेस बीपीका उम्मेदवार विजयी
डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस (बीपी) विजयी भएको छ।नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर साँकीलाई पराजित गर्दै कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका हुन्।
अध्यक्षमा विजयी कांग्रेस बीपीका साँकीले ३ सय ४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार साँकीले ३ सय १६ मत प्राप्त गरेका छन्।
२ जेठ २०७९, सोमवार १७:५४ बजे प्रकाशित












