धनगढीमा हमालले कसरी लिए अग्रता ?

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखि नै मतगणनामा अग्रता कायम गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा उनले सुरुवातदेखि नै मतगणनामा अग्रता कायम गरेका हुन् ।

मतगणना वडा नम्बर १ बाट सुरु गरिएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वड रहेका छन् । हमालले मतगणनामा अग्रता कायम गर्नुमा दलहरुप्रतिको वितिष्णा नै रहेको धनगढीबासीको बुझाई छ । हामालले एक महिना अगाडिदेखि नै विवेकशिल साझा पार्टीबाट राजीनामा दिएर चुनावी मदैनामा हुमिएका थिए ।

पार्टीबाट राजीनामापछि उनले गाउँटोलमा मतदाताहरु माझ भोट माग्न सुरु गरिसकेका थिए । जसले गर्दा पनि उनले मतगणनामा अग्रस्थानमा आउन सफल भएको देखिन्छ । दलहरुबीच गठबन्धन गर्नुपर्छ भनेर जनताले चाहेका थिएन् । त्यसमाथि सतारुढ गठबन्धनका उम्मेदवार वडले ढिलोगरि टिकट पाउँदा आवश्यक तयारी गर्न पाएनन् ।

सतारुढ गठबन्धनले प्रचार–प्रसारको कमीले गर्दा पनि हमाललाई फाइदा पुगेको हुनुपर्छ । हमाल २०७४ सालको चुनावमा सतारुढ गठबन्धनका उम्मेदवारसंग पराजित हुन पुग्गेका थिए । २०७४ सालको चुनावमा हमाल पराजित भएपछि पाँच वर्षसम्म चुनावी तयारीमै जुटेका थिए । उनले पाँच वर्षमा निजी लगानीमा धनगढीमा शववाहन गाडी, कपडा बैंक स्थापनालगायत टोल टोलमा सामाजिक काम गदै आएका थिए ।

जनताको मन जित्न सामाजिक काम गर्न थालेपछि यसपटक मतदाताले उनलाई रुचाएका छन् । हमालले यो पाँच वर्षको अवधिमा सहरदेखि गाँउसम्म नै सामाजिक कामहरु गरे ।हमालले आफू चुनाव जितेपछि सरकारी सेवा सुविधा नलिने र स्वयमसेवक भएर काम गर्न प्रतिबद्वता गरेकाले पनि जनताले उनलाई रुचाएका हुन् ।

वडा नम्बर १ लाई कांग्रेसको गडका रुपमा लिइएको थियो । २०७४ को चुनावमा सतारुढ गठबन्धका उम्मेदवार वडले वडा नम्बर १ बाट हामललाई लिड गर्दै अगाडि बढेका थिए । अहिले वडा नम्बर १ मा उनी हमाल भन्दा पछि परे ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट कांग्रेसले नै अन्तरघात गरेका कारणले चुनाव हार्न परेको बताँछन् । ‘आफूलाई कांग्रेस भन्ने तर पार्टीले गरेको निर्णयलाई नमान्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘त्यो अनुशासन हिनताकै कारण यो परिणाम आएको हो ।’

अरु वडाहरुमा पनि कांग्रे बिग्रको उनले बताए । अहिले अझै पनि दुई ÷चार भोटले गर्दा चुनाव जितिन्छकी भने आशा रहेको बताए । धनगढीमा मतगणना जारी छ । यो समाचार तयार पर्दासम्म स्वतन्त्र उम्मेदवार हमालले दोब्बरले अग्रता कायम गरिरहेका छन् ।


२ जेठ २०७९, सोमवार ०७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु