केदारसिंह गाउँपालिकामा तनाव, प्रहरीले गर्यो हवाइ फायर
बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा कार्यकर्ताहरू बिच कुटपिट भएको छ ।
फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए ।
अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई फायर भएको छ, मतदान रोकिएको छ’ पंगेनीले भने ।
सर्वदलीय बैठक बसेर स्थिति सामान्य बनाएर निर्वाचन पुनः गराउने विषयमा अहिले छलफल भइरहेको उनले बताए ।
३० वैशाख २०७९, शुक्रवार १२:१८ बजे प्रकाशित












