धनगढीका मेयर उम्मेदवार नृप वडले गरे मतदान

धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृप बहादुर वडले मतदान गरेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट मेयरमा उठेका वडले शुक्रबार बिहान धनगढी–६ स्थित बासुदेवी माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

वड दोस्रो पटक धनगढीको मेयरका लागि चुनावी मैदानमा उत्रिएका हुन् । २०७४ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै वड मेयरमा निर्वाचित भएका थिए ।


३० वैशाख २०७९, शुक्रवार १२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु