punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Chaupati
safha napa

काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा  मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


२८ वैशाख २०७९, बुधवार ०८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु