punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुहुमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

Chaupati
safha napa

दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत कार्यकर्ता घाइते भएका छन् ।

मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् ।

उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् । घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।


२८ वैशाख २०७९, बुधवार ०८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु