देशभर थप ८३ जनामा कोरोना संक्रमण, १३० जना निको

पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३० जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


१ चैत २०७८, मंगलवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु