आफ्नै जिल्लामा गृहमन्त्री खाँणलाई कालोझण्डा

डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नै जिल्ला रुपन्देहीमा कालो झण्डा देखाएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर एकले रोहिणी गाउँपालिका–३ स्थित धकधइमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाँणलाई कालोझण्डा देखाइएको हो ।

पार्टीले उठाउँदै आएका किसानको माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्रीलाई धकधइमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।


२८ फागुन २०७८, शनिवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु