पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष बोगटीद्धारा योजना अनुगमन
डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले योजना अनुगमन गरेका छन् । वडा नम्वर-६ कुनिगढा पर्यटकिय क्षेत्र रानढुङगा जाने रेलिङ बाटोको सोमबार अनुगमन गरेका हुन् ।
अनुगमनमाका क्रममा अध्यक्ष बोगटीले मापदण्ड अनुसार बाटो निर्माण नभएको भन्दै ठेकेदारलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिएका छन् ।
उनले मापदण्ड अनुसार सडक निर्माण नभए निर्माण कम्पनीलाई कारवाही गर्ने बताएका हुन् । अनुगमन क्रममा स्थानीय, सुरक्षाकर्मी, लगाएत पत्रकारको सहभागिता रहेको थियो ।



१६ फागुन २०७८, सोमवार २२:०६ बजे प्रकाशित












