देशभर थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ३३ हजार २५४ जनाले खोप लगाएका छन्। अहिले देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन्।
८ फागुन २०७८, आइतवार १७:०० बजे प्रकाशित












