हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो ।

डडेल्धुराको साहुखर्क, बैतडीको सतबाझ, खोड्पे र अछामको चौखुट्टेमा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

त्यस्तै, बझाङ, बाजुरा, डोटी र दार्चुलामा पनि भारि वर्षाका साथै हिमपात भएको छ। वर्षा र हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ।

 


२१ माघ २०७८, शुक्रवार ०८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु