punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको गलागाडमा पक्की पुल निर्माण हुने

Chaupati
safha napa

डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाको गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने भएको छ । यो पुल निर्माणका लागि गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गर्नुभएको छ । गाउँपालिकाको वडा नं १ र २ अन्तर्गतका सिमचौर–केदारअखडा जोड्नका लागि ४ करोड ५० लाख रुपैयाँको लागतमा यो पुल निर्माण हुने भएको हो ।

पुल नहुँदा यहाँका नागरिकले सास्ती भोग्दै आएका थिए भने उत्पादित वस्तु भाउले बजार पाउन सकेका थिएनन् । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरदेखि बोगटान जोड्ने सडक खण्ड अन्तर्गत पर्ने गलागाड खोलामा निर्माण हुन लागेको पक्की पुलले यहाँका नागरिकलाई निकै राहत हुने गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

उनले भने, ‘पुल नहुँदा यहाँका नागरिकदेखि गाडी सञ्चालनमा समस्या थियो, अब पुलको शिलान्यास भएको छ, सबैलाइ राहत हुने छ ।’ यो खोलामा मोटर चल्ने पुल निर्माण भएपछि जिल्लाकै दुर्गम मानिने कानाचौर क्षेत्र अब सडक सञ्जालबाट पालिका र जिल्ला सदरमुकामसम्म जोडिने भन्दै स्थानीयमा खुसीयाली छाएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय अमरबहादुर बोगटीले बताए ।

उनका अनुसार पुल निर्माण सम्पन्न भएपश्चात छिमेकी जिल्लाहरु सुर्खेत तथा अछामका नागरिकहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यो क्षेत्रमा उत्पादित वस्तु भाउले बजार पाउने भन्दै कृषकहरु पनि खुशी भएका अर्का स्थानीय खडकबहादुर बोहराले बताए । मोटर पुलसम्म बाटो निर्माणका लागि गाउँपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ३५ लाख रुपैयाँ खर्च भइसकेको पालिकाले जनाएको छ ।

सडक डिभिजन कार्यालय कुल्पाते दिपायल अन्तर्गत यो पुलका लागि ठेक्का भइसकेको बताइएको छ । पुलको लम्बाई २५ मिटर रहेको र निर्माणको जिम्मा नेपाल मेघा सिस्ने कन्स्ट्रक्सनलाई दिइएको छ।


१८ माघ २०७८, मंगलवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु