राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतदान सकियो, आजै मतगणना

सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत मतदान सकिएको छ । बुधबार (आज) बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २२७ मत खसेको छ ।

यो सतप्रतिशत मत हो । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका १७५ जनाले नै मतदान गरिसकेका छन् ।

उनका अनुसार मतखान सकिएपछि अब मतगणना पनि सुरु हुनेछ । सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।

नेकपा एमालेबाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोष शर्मा थापा र दलिततर्फ बैतडीका नरेश विक उम्मेदवार छन् ।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् ।

 


१२ माघ २०७८, बुधवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु