सेतीमा थप १६७ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७६ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा २ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप ९ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन् । ती मध्ये दुईजनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

 


१० माघ २०७८, सोमवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु