कञ्चनपुरमा बाख्रा करणी गर्ने एक युवक पक्राउ
कञ्चनपुरमा बाख्रा करणी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना पक्राउ परेका हुन् ।
बाख्रा धनीको निवेदनको आधारमा खुनालाई आइतवार पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
करणीपछि बाख्रा मरेको प्रहरीले बताएको छ । पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था छ ।
१० माघ २०७८, सोमवार १३:५३ बजे प्रकाशित













