कैलाली प्रशासनले भोलिदेखि टोकन प्रणालीबाट सेवा दिने

जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवा दिने भएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यालयले माघ ३ गतेबाट यस्तो सेवा प्रणाली सुरु गरेको हो।

आज प्रशासनले एक सूचना जारी गदैँ नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ।

यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ।

No description available.


२ माघ २०७८, आइतवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु