काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’, यस्ताे छ मापदण्ड

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउनु’ लगाउने निर्णय गरेको छ । संघीय राजधानी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनमा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी कार्यविधिअनुसार आदेश जारी गरिएको छ । मास्कको प्रयोग अनिवार्य गर्ने, साबुनपानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय बन्द गर्नेलगायत निर्णय भएको छ ।

 

 


२७ पुस २०७८, मंगलवार १८:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु