उकालो लाग्दै कोरोना संक्रमण : एकैदिन थपिए २ हजार ४४४ संक्रमित
नेपामला पछिल्लो केही दिनयता कोरोना संक्रमतिको दर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ संक्रमित थपिएका छन् ।
सो अवधिमा १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८३६ जना संक्रमित थपिएका छन् ।
सबैभन्दा धेरै काठमाडौमा ९८० जना, ललितपुरमा २२१ जना र भक्तपुर ८५ जना रहेका छन् ।
सो अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १ जनाको मृत्यु भएको छ ।
२७ पुस २०७८, मंगलवार १८:१४ बजे प्रकाशित












