सुडान मिसनबाट फर्किएका सैनिकमा कोरोना संक्रमण
दक्षिण सुडानबाट फर्किएका केही नेपाली सैनिकमा कोरोना संक्रमण भएको छ।शान्ति स्थापनार्थ अफ्रिकी मुलुक दक्षिणी सुडानको मिसनमा खटिएका उनीहरु गत पुस २२ गते स्वदेश फर्किएका थिए।
उनीहरुमा पुस २३ गते कोरोना पुष्टि भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।
‘उनीहरु फर्किएलगत्तै हामीले परीक्षण गर्यौं, ठ्याक्कै संख्या त नखुलाऊँ तर केहीमा कोरोना संक्रमण देखिएको छ, उनले भने, ‘तर संक्रमण देखिएका सबैलाई हामीले आइसोलेसनमा राखेका छौं, नेगेटिभ रिपोर्ट नआएसम्म कोही पनि बाहिर निस्कँदैनन्।’
उनीहरु सबैको अवस्था सामान्य रहेको प्रवक्ता पौडेलले जानकारी दिए।
२४ पुस २०७८, शनिवार १७:५८ बजे प्रकाशित












