एक घरमा युवक-युवती मृत फेला
काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।
बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
२३ पुस २०७८, शुक्रवार ०८:५२ बजे प्रकाशित













