घरबेटीलाई लड्डु खुवाएर भाडामा बस्दै आएका व्यक्तिले गरे लुटपाट

धनगढीमा घरबेटीलाई लुड्डु खुवाई बेहोस् बनाएर भाडामा बस्दै आएका दुई भारतीय नागरिकले घर लुटपाट गरेर फरार भएका छन् । धनगढी उपमहानगरपालिका–३ मिलन चोकका प्रशुराम बाँनियाको घरमा बस्ने व्यक्तिले लुटपाट गरेको हो ।

गत पुस १५ गतेदेखि भाडामा बस्दै आएका उनीहरुले आइतबार राति आफूहरुलाई लड्डु खुवाएर बेहोस बनाई लुटपाट गरेको बानियाले बताए । होस आएपछि घरबाट दुई थान मोबाइल सेट, दुई सिक्री, एक सुनको ब्रेसलेट, औँठी र चाँदीसहित नगद चोरी भएको थाहा पाएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । साथै उनले घर भाडामा बस्न आएकाहरुको जानकारी लिएर मात्रै भाडामा बस्नु दिनुपर्ने कुरामा सजग हुनुपर्ने सुझाव दिएका छन् ।


१९ पुस २०७८, सोमवार २१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु