धनगढी विमानस्थलबाट लागुऔषधसहित युवक पक्राउ
कैलालीको धनगढी विमानस्थलबाट लागुऔषध चरेससहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
बैतडीको डिलासैनी गाउँपालिका(२ का २० वर्षीय सन्तोष बोहरालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
बोहरालाई काठमाडौं जाने क्रममा धनगढी विमानस्थलमा चेकजाँच गर्दा १६ ग्राम चरेस फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए। उनलाई म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए।
१९ पुस २०७८, सोमवार १५:५२ बजे प्रकाशित













