नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो।

प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो।

यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने जनाएको छ ।

कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा भने थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका छन् ।


१९ पुस २०७८, सोमवार ०९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु