धनगढीमा नगदसहित ७ जना जुवाडे पक्राउ
धनगढीमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय टेकराज खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टेकराज खनालसहित कैलालीको गौरीगंगा नगरपालिका–१० का २६ वर्षीय भुमिराज चौधरी, सोही ठाउँका २५ वर्षीय अरबिन चौधरी र ३२ वर्षीय रमेश कठरिया रहेका छन् ।
यस्तै सोही ठाउँका २८ वर्षीय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका–८ का ३६ वर्षीय भिकराम चौधरी र सोही ठाउँका ३६ वर्षीय टेकबहादुर साउद रहेका छन् ।
उनीहरुको साथबाट ४२ हजार ६२५ नगद रुपैँया समेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
१८ पुस २०७८, आइतवार १५:४७ बजे प्रकाशित













