गोठमा आगो लाग्दा बास बसेका युवकको मृत्यु

संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा आगलागीमा परेर एक युवकको मृत्यु भएको छ।

गाईबस्तु बाँध्ने गोठमा आगो लाग्दा जलेर स्थानीय २३ वर्षीय पङ्खामान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

साथीहरुसँग काठ चिर्न जंगल गएको बेला गोठमा बास बस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


१८ पुस २०७८, आइतवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु