मुख्यमन्त्री शाहीलाई पराजित गर्दै बद्रीपाण्डे बने सहमहामन्त्री
नेपाली कांग्रेसको सहमहान्त्री पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । यससँगै उनका प्रतिस्पर्धी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका छन् ।
शेखर कोइराला समूहका पाण्डेले २,४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २,१३३ मत ल्याए । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए ।
सुदूरपश्चिमको बाजुरा घर भएका पाण्डे काँग्रेसका प्रष्ट बक्ताका रुपमा चिनिन्छन् । उनी यसअघि पनि नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुन् ।
२ पुस २०७८, शुक्रवार १८:३७ बजे प्रकाशित