Alok

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक शिक्षक पक्राउ परेका छन् । नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ ।

१७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेपछि उनलाई २४ मा पक्राउ गरिएको एसपी श्यामकृष्ण अधिकारीले बताए ।

०७८ साउनदेखि आफूलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


२९ मंसिर २०७८, बुधवार १८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु