Hotel Flora Long Ad

वर्ल्डलिंकले भित्र्यायो नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफनो नयाँ योजना सार्वजनिक गरेको हो । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ ।

यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक एक हजार २०० रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् । १५० एमबीपीएससहित २२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरिएको वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले बताए । विभिन्न तथ्यांकले देखाएअनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ ।

साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनलगायतमा सहज हुने अपेक्षा गरिएको छ । ।

 


२९ मंसिर २०७८, बुधवार १७:३५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु