घट्यो सुनको भाउ, चाँदीको स्थिर

बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा आइपुगेको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

 


२९ मंसिर २०७८, बुधवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु