शिक्षक सेवा आयोगको विज्ञापन : कुन प्रदेशमा कति शिक्षक माग्यो ? (सूचनासहित)
शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षकको विज्ञापन आह्वान गरेको छ । आयोगले माध्यमिक तहका १ हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।
आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले सूचना प्रकाशित गरेको छ ।
नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ । 


२९ मंसिर २०७८, बुधवार ०८:५९ बजे प्रकाशित












