शशांकको समर्थन पनि देउवालाई
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पनि शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निम्तोमा बालुवाटार पुगेका शशांकले नयाँ नेतृत्व चयनको दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने भएका हुन् ।
पहिलो चरणको निर्वाचनबाटै सभापतिको दौडबाट बाहिरिएका नेतात्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले पनि देउवाकै समर्थन जनाएका छन् । यद्यपि शेखरपक्षीय बैठकले मतदानमा जाने निष्कर्ष निकालेको छ ।
पहिलो चरणको मतदानमा सभापति बन्नयोग्य मत देउवा र शेखर कुनैले पनि ल्याएनन् । यसपछि मतदान दोस्रो चरणमा गएको हो । पहिलो चरणमा देउवाको पक्षमा २२५८ मत पर्दा शेखरसँग १७०२ मत खसेको छ ।
२८ मंसिर २०७८, मंगलवार १५:३१ बजे प्रकाशित












