कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो व्यक्तिको मृत्यु
कोरोना भइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट बेलायतमा पहिलो व्यक्तिको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन्।
ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको उनले बताए । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका छन्। अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थिए।
बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन्। सङ्क्रमणहरू प्रत्येक । बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ।
यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोनाबाट बेलायतमा एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ। अझै पनि बेलायतमा सात हजार ३७२ जना अस्पतालमा नै उपचाररत रहेका छन्। सिन्ह्वा
२८ मंसिर २०७८, मंगलवार १३:५८ बजे प्रकाशित












