कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीमा ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी–५ डोकेबजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सु प प्र ०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका ५० वर्षीय बसन्तराज शर्मा रहेको प्रहरीले जनाएको छ ।ट्रकको ठक्करवाट गम्भिर घाईते शर्मालाई उपचारका लागि घोडाघोडी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । ठक्कर दिने ट्रकका चालक भन्ने फरार रहेका छन् । अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
१२ मंसिर २०७८, आइतवार ०९:२० बजे प्रकाशित














