दार्चुलामा काँग्रेसको मतगणनास्थल बाहिर झडप, १२ जना घाइते

नेपाली काँग्रेस दार्चुलाको मतगणनास्थल बाहिर दुई पक्षबीच झडप भएको छ । सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।

बोहरा पक्षले अर्का उम्मेदवार धामी पक्षका कार्यकर्ताहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको धामी पक्षका नेता कार्यकर्ताको भनाई छ ।

झडपमा धामी पक्षका १२ कार्यकर्ताहरु घाइते भएको र त्यसमा पनि तीन जनालाई बढी चोट लागेको बताइएको छ ।

घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्तबहादुर साउँद लगायत रहेको र उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले बताएको छ ।

 


९ मंसिर २०७८, बिहीवार २३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु