बौलाहा कुकुरको टोकाइबाट ५ जना घाइते

कञ्चनपुरमा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ मा बुधबार राति र आज बिहान गरी बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका हुन् ।

कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् ।

स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।


२ मंसिर २०७८, बिहीवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु