punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

Chaupati
safha napa

कृष्णपुर नगरपालिका-४ बेलकुण्डी वन क्षेत्रको जग्गा कव्जा गरी बनाइएका टहरा भत्काइएको छ। सब डिभिजन वन कार्यालय वाणिका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले सोमबार टहरा भत्काइएको हो।

वन क्षेत्रमा निर्माण गरिएका ३० भन्दा बढी घर टहरा भत्काइएको सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख बालमुकुन्द भट्टले जानकारी दिए।

‘घर टहरा निर्माण गरिएको क्षेत्रमा सिमेन्टका पिल्लरसहित गरिएको तारवार समेत हटाएका छौं‚’ उनले भने, ‘पटक पटक यस क्षेत्रको अतिक्रमण हटाएर जान्छौं। पुनः जग्गा अतिक्रमण गरिन्छ। वन क्षेत्र जोगाउन निकै चुनौती छ।’

सामुदायिक वनका उपभोक्ता र ताल संस्थाले पटकपटक यस क्षेत्रमा वृक्षारोपण गरे पनि विरुवा उखेलेर फाल्ने गरेका थिए। अतिक्रमणमा पर्ने गरेको ५७ बिघा जग्गा नदी उकास क्षेत्र हो। जग्गा माफियाहरुले यस क्षेत्रको जग्गा किनबेच गर्दै आएका छन्।

‘अतिक्रमण हटाउन जाँदा नयाँ व्यक्तिलाई ल्याएर राखेको देखिन्छ‚’ भट्टले भने, ‘घर टहरा कुर्नका लागि बृद्ध व्यक्ति वा अशक्तलाई राखिएको हुन्छ।’ जग्गा खरिद बिक्री गर्ने माफियाहरुको खोजी कार्यमा लागेको उनले बताए।

अतिक्रमण नियन्त्रण गरी साविकको वन क्षेत्रको जग्गा कायम गर्नका लागि ट्रेन्च निर्माण गर्ने कार्य केही दिनभित्रै शुरु गरिने प्रमुख भट्टको भनाइ छ।

 


३० कात्तिक २०७८, मंगलवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु