जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस
काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ ।आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ ।
बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ ।उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ ।
३० कात्तिक २०७८, मंगलवार ०९:११ बजे प्रकाशित































