punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे थालियो

Chaupati
safha napa

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा विमानस्थल बनाउन सर्भे थालिएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणका लागि सर्भे सुरु भएको हो।

गतवर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले अजयमेरु गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निस्कर्ष निकालेको थियो। सोही अनुसार मंगलबारदेखि सर्भे सुरु भएको छ।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटोको समेत व्यवस्था छ। पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाले बताए।

प्राविधिक टोलीले सर्भेका लागि ड्रोन क्यामराको समेत प्रयोग गरेको छ। त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका कुराहरूलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उपप्रबन्धक थापाले बताए।

‘भौगलिक हिसाबले कठिन छ। सकेसम्म कम खर्चमा कसरी बनाउन सकिन्छ भनेर सर्भे गरिरहेका छौं,’ उनले भने, ‘सकेसम्म इकोनोमिक डिजाइन बनाउँछौं। विस्तृत कुरा सर्भेपछि मात्रै थाहा हुन्छ।’

२०७० सालबाट डडेल्धुरामा विमानस्थल निर्माणका लागि विभिन्न स्थानमा माग राखेको भए पनि वास्ता गरिएको थिएन। अहिले आएर पुइलेकमा सम्भाव्यता अध्ययनपश्चात् सर्भे गराउन सकेको राजनीतिज्ञ डा तारा जोशीको भनाइ छ।

‘विमानस्थल बनाउन थुप्रै स्टेपहरू छन्। सुरुमा अध्ययन भयो। त्यसपछि सम्भाव्यता अध्ययन भयो। अहिले हामी डीपीआर बनाउने प्रयास गरिरहेका छौं। रिपोर्ट आएपछि इआइएको प्रक्रिया सुरु हुन्छ। हेरौं कति समय लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी डेन्डर, बजेट बनाउने कुराहरू अगाडि बढ्छ।’

विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको, तर जमिन भिरालो भए पनि राम्रो, धावन मार्ग, पहाडले छेक्ने सम्भावनासमेत भएको पाइएको प्राविधिकको भनाइ छ।


२५ कात्तिक २०७८, बिहीवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु