कैलालीका डिएसपी विष्टको सरुवा
नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले विहीबारको निर्णय अनुसार सरुवा गरेको हो।
जसअनुसार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको सरुवा प्रदेश २ को प्रहरी तालिम केन्द्र, जनकपुर धनुषामा भएको छ।
उनी २०७७ जेठमा कैलाली आएका थिए। उनको ठाउँमा अब कैलालीमा रबिन विष्ट आउने भएका छन्। उनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत छन्।
प्रहरी हेडक्वार्टरले मंसिर महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट भुक्तानी हुने गरी विभिन्न, जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीएसपीको सरुवा गरेको हो।
२५ कात्तिक २०७८, बिहीवार १४:०८ बजे प्रकाशित































