२० हजार मूल्य बराबरको पटाका बरामद
कञ्चनपुर प्रहरीले पटाका बरामद गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर नजिकबाट सोमबार बिहान करिब २० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाका बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
१५ कात्तिक २०७८, सोमवार २०:११ बजे प्रकाशित































