सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ८ रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार १ हजार २ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ४५ रुपैयाँमा कायम भएको छ।


१५ कात्तिक २०७८, सोमवार १४:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु