अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने
अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।कार्तिक २८ गते देखि फाइजर खोप लगाउने तयारी छ ।
७ कात्तिक २०७८, आइतवार १५:४४ बजे प्रकाशित













