सुदूरपश्चिमका इन्जिनियर आन्दोलित

सुदूरपश्चिम प्रदेशका इन्जिनियर आन्दोलित भएका छन्। आईतवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीलाई ज्ञापनपत्र बुझाएका उनीहरुले सोमबार २ घण्टा पेन डाउन गर्ने भएका हुन्।

सोमबार १० देखि १२ बजेसम्म काम नगर्ने नेपाल इन्जिनिर्यस एशोसियसन सुदूरपश्चिमका सभापति लव जोशीले बताए। उनीहरुले आइतबार कानून मन्त्रालयमा बिरोध प्रदर्शनसमेत गरेका छन्।

गत बिहिवार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन्। इन्जिनियरको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने उनीहरुको माग छ।

No description available.


७ कात्तिक २०७८, आइतवार १५:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु