सेतीमा हाम फालेकी किशोरी बेपत्ता

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। बझाङको सुर्मा गाँउपालिका– ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन्।

उनी हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्दै आएकी थिइन्। बोहराले शनिबार विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ।

बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शुक्रवार पनि जयपृथ्वी नगरपालिका–१० का नविन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए।


६ कात्तिक २०७८, शनिवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु