तोकिएको समयमै महाधिवेशन हुन्छ : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन्।

वर्षाले सुदूरपश्चिममा पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न नेता पौडेल कैलाली र कञ्चनपुरमा आएका हुन्। बाढी पहिरोबाट प्रभावित सबैभन्दा बढी सुदूरपश्चिम रहेकोले सरकारलाई तुरुन्तै राहत वितरण गर्न उनले आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले काँग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिक रूपमा सङ्घर्ष गरिरहेको पनि बताए।

‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘ महाधिवेशन तोकिएको समयमा हुने बताउँदै उनले पार्टी र विधानको रक्षा गर्न पनि तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।


६ कात्तिक २०७८, शनिवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु