टिकटक स्टार अंशु बर्माले बाँडे बाढीपीडितलाई राहत
कञ्चनपुरका टिकटक स्टार अशु बर्माले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्ब्र–११ र १२ मा रहेका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेका छन् ।
बाढीबाट विस्थापित भएर स्कुल, वडा कार्यालयमा बसिरहेका बाढीपीडितलाई बर्माले आफ्नो व्यक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ केजी र चाउ चाउ १० प्योकट दिएका थिए ।
‘केन्द्रीय, प्रदेश, र स्थानीय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानीयबासीले खुशी व्यक्त गरेका थिए ।
बर्माले आफुले यसरी सानो सहयोग गर्न पाउदा साह्रै खुशी लागेको र आगामी दिनमा पनि आफ्नो तर्फबाट हुने सहयोग गर्न पछाडि नपर्ने बताए । खाद्यान्न वितरण कार्यमा स्थानीय युवाहरुले सहयोग गरेका र्थि ।
४ कात्तिक २०७८, बिहीवार १९:२२ बजे प्रकाशित













