थप ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७२६ जना निको भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेका छन् । जसमध्ये १० हजार ५३० जना होम आइसोलेसनमा रहेका छन् भने ७८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।


४ कात्तिक २०७८, बिहीवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु