प्रधानमन्त्री देउवा धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री देउवा आउने भएपछि धनगढी बजारमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि बिहीबार सुदूरपश्चिम आएका थिए । उनले बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड ,डडेल्धुरा र कञ्चनपुरको निरीक्षणपछि बिहीबार धनगढी फकिदै छन् ।

प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन्।


४ कात्तिक २०७८, बिहीवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु