सुदूरपश्चिमका सबै जिल्लालाई २५/२५ लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावित प्रदेशका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘त्यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँछौ’ मन्त्री जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो ।

’प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले बताइन् ।


२ कात्तिक २०७८, मंगलवार १७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु