महाकालीमा जलस्तर ९२ बर्ष यताकै उच्च, बनबसा पुलमा रेड अलर्ट

महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ ।

मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।

यो समाचार तयार पार्दा नदिमा पानीको बहाव बढदै छ । नदिमा पानीको बहाव उच्च भए पछि ९२ बर्षअघि बनेको शारदा ब्यारेज (वनबसा पुल) समेत जोखिममा परेको छ । पुलमा पैदल आवागमन समेत बन्द गरिएको छ ।

बृटिश भारत सरकारको पालामा महाकाली नदिमा सन १९२३ मा पुल निर्माण शुरु गरिएको थियो । सन १९२९ मा पुल निर्माण सम्पन्न भएको थियो ।

त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।

शारदा ब्यारेजको रेकर्ड अनुसार सन १९६६ मा ४,३७,०००,सन १९६९ मा ४,८०,५९६, सन १९७२ मा ४,९६,१००, सन २००८ मा ४,६१,७८८ र सन २०१३ मा ५,४४,४४७६ उच्च बहाव मापन गरिएको छ ।

यसैबिच अहिले सम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा रातो बत्ति बालिएको छ ।


२ कात्तिक २०७८, मंगलवार १५:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु